क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लबसँग अनुबन्धको नजिक

रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर
शुक्रबार, पुस ८, २०७९

एजेन्सी– साउदी अरेबियाको क्लब ‘अल नसर’ले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धको तयारी नजिक पुगेको छ।

 

स्पेनिस पत्रिका मार्काले रोनाल्डो ‘अल नसर’मा अनुबन्धको तयारी नजिक पुगेको जनाएको छ । पत्रिकाका अनुसार ‘अल नसर’ले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो ।

 

नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगिसकेका छन् । ३७ वर्षीय रोनाल्डोले अल नसरसँग ७ वर्षको सम्झौता गर्ने बताइएको छ । म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् ।

 

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्