मेस्सीको तस्वीर अर्जेन्टिनाको बैंक नोटमा छापिनेबारे विचार हुँदै

मेस्सीको तस्वीर अंकीत एक हजारको पेसो नोटको नमूना समेत जारी
बुधबार, पुस ६, २०७९

एजेन्सी– विश्वकप फुटबल–२०२२ पछि सर्वकालिक महान् फुटबल खेलाडीको उपमा पाएका पीएसजीका सुपरस्टार लियोनेल मेस्सीको तस्वीर बैंक नोटमा राखिने भएको छ ।

 

अन्तरराष्ट्रिय सञ्चारमाध्यम द शनका अनुसार अर्जेन्टिनाले विश्वकप जितेपछि  मेस्सीको तस्वीर आफ्नो देशको बैंक नोटमा राख्ने विचार गरेको हो । द शनले अर्जेन्टिनाको एक हजारको पेसो नोटमा मेस्सीको तस्वीर राख्ने विचार गरिरहेको उललेख गरेको हो । अर्जेन्टिनाको केन्द्रीय बैंकले भनेको छ, ‘हामीले एक हजारको पेसो नोटमा महामानवको फोटो राख्ने विचार गरिरहेका छौँ । जुन  पाउण्ड स्ट्रलिङभन्दा मूल्यवान हुनेछ ।’

 

अर्जेन्टिनाको केन्द्रीय बैंकले मेस्सीको तस्वीर अंकीत एक हजारको पेसो नोटको नमूना समेत जारी गरेको छ ।

 

एल फाइनान्सिएरो अखबारले लेखेको छ, ‘दक्षिण अमेरिकी देशको वित्तीय प्रशासकीय निकायका अधिकारीहरूले आफ्नो राष्ट्रको ऐतिहासिक विश्वकप विजयलाई ऐतिहासिक बनाउन विभिन्न विकल्पहरू खोजिरहेका छन्।’ अहिलेसम्म ग्रान्ड बिलमा मेस्सीको जर्सी नं. १० स्न्याप राख्नुलाई सबैभन्दा बढी रुचाइएको विकल्प मानिएको छ ।

 

धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा मेस्सीले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरेका छन्। उनले सातवटा ब्यालोन डोर, चारवटा च्याम्पीएन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्