रोनाल्डोलाई भित्र्याउने तयारीमा आर्सनल

मंगलबार, पुस ५, २०७९

काठमाडौँ – ब्राजिली फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आर्सनलले अनुबन्धित गर्ने भएको छ ।  बेलायती मिडियाहरूका अनुसार क्लब विहीन रहेका क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने दौडमा प्रिमियर लिगको एक क्लब जोडिएको छ। 

 

बेलायतबाट प्रकाशित विभिन्न पत्रिकाहरूले रोनाल्डोलाई आर्सनलले भित्र्याउन चाहेको दाबी गरेका छन्। तर यसको पूर्ण रूपमा पुष्टि हुन भने बाँकी छ। आर्सनलले गेब्रियल जेसस घाइते भएका कारण रोनाल्डोलाई भित्र्याउन चाहेको बेलायती मिडियाहरू दाबी गर्छन्।

 

आर्सनल अहिले प्रिमियर लिगको शीर्ष स्थानमा छ र उ उपाधि होडमा अगाडि रहन चाहन्छ। यस्तोमा जेससले बोकेको चोटले क्लबलाई कुनै असर नगरोस् भन्ने योजना अनुरूप क्लब रोनाल्डोलाई भित्र्याउने योजनामा पुगेको बताइन्छ।

 

केही समय अगाडी रोनाल्डोलाई भित्र्याउन साउदी अरेबियन क्लब अल नासर इच्छुक रहेको खबर आएको थियो। नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार रहेको बताइएको थियो। ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन्। पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन्।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ०७:३१
प्रतिक्रिया दिनुहोस्