क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने दौडमा प्रिमियर लिग

सोमबार, पुस ४, २०७९

काठमाडौँ– विभिन्न बेलायती मिडियाहरुका अनुसार क्लब बिहिन रहेका क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने दौडमा प्रिमियर लिगको एक क्लब जोडिएको छ। रोनाल्डो भित्र्याउने दौडमा अब आर्सनल पनि जोडिएको बेलायती मिडियाहरुले जनाएका हुन्।

 

बेलायतबाट प्रकाशित विभिन्न पत्रिकाहरुले रोनाल्डोलाई आर्सनलले भित्र्याउन चाहेको दावी गरेका छन्। तर यसको पूर्ण रुपमा पुष्टि हुन भने बाँकी छ। आर्सनलले गेब्रियल जेसस घाइते भएका कारण रोनाल्डोलाई भित्र्याउन चाहेको बेलायती मिडियाहरु दावी गर्छन्।

 

आर्सनल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा छ र उ उपाधि होडमा अगाडी रहन चाहन्छ। यस्तोमा जेससले बोकेको चोटले क्लबलाई कुनै असर नगरोस् भन्ने योजना अनुरुप क्लब रोनाल्डोलाई भित्र्याउने योजनामा पुगेको बताइन्छ।

 

केहि समय अगाडी रोनाल्डोलाई भित्र्याउन साउदी अरेबियन क्लब अल नासर इच्छुक रहेको खबर आएको थियो। नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार रहेको बताइएको थियो। ७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन्। पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन्।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्