मेस्सीलाई गोल्डेन बल र एमबाप्पेलाई गोल्डेन बुट

सोमबार, पुस ४, २०७९

काठमाडौँ । कतारमा भएको फिफा विश्वकप २०२२ को विश्वविजेता बनेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।

विश्वकपको उपविजेता भनेका फ्रान्सका खेलाडी किलियान एम्बाप्पेले  आठ गोल गर्दै गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।

 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्