विश्वकप फुटबल फाइनलः अर्जेन्टिनाको अग्रता

आइतबार, पुस ३, २०७९

काठमाडौँ– कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो ।

 

खेलको २३औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको पाएको थियो । 

 

त्यसपछि खेलको ३६औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन्  । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २१:५३
प्रतिक्रिया दिनुहोस्