पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

विश्वकप २०२२ फाइनल खेलको अतिरिक्त समयमा पनि बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा गएको हाे
आइतबार, पुस ३, २०७९

एजेन्सी– फिफा विश्वकप फुटबल २०२२ उपाधी अर्जेन्टिनाले उचालेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले  विश्वकप २०२२ को उपाधि उचालेको हो ।

 

फाइनल खेलको अतिरिक्त समयमा बराबरीमा गएपछि भएको पेनाल्टी शुटआउटमा ४–२ को अन्तरले अर्जेन्टिनाले उपाधि उचालेकाे हाे । यसअघिकाे अतिरिक्त समयकाे ११८ औँ मिनेटमा केलियन एमबाप्पेले तेस्राे गोल गरेर फ्रान्सलाई ३–३ बराबरीमा पुर्याएका छन् । उनले फाइनल खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

 

यसअघि, खेलकाे १०९ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेर अर्जेन्टिनालाई ३–२ अग्रता दिलाएका थिए । 

 

 

खेलकाे पुरा समयमा फ्रान्स र अर्जेन्टिनाले २–२ काे बराबरीमा खेलेपछि खेल अतिरिक्त समयमा गएको हाे । यसअघि फ्रान्सले खेलको ८० औँ मिनेटमा पाएको पेनाल्टी शुटआउटमा गोल गरेका केलियन एमबाप्पेले २ मिनेटको अन्तरमा दोस्रो गोल गरेका छन् ।

 

 

फ्रान्स विश्वकपको फाइनलको पहिलो हाफमा शून्य गोल दर्ता गर्ने पहिलो टोली बनेको छ । फ्रान्सले खेलको ७१ औँ मिनेटमा  किंग्सले कोमनको स्थानमा एन्टोनी ग्रिजम्यान र हर्नान्डेजको स्थानमा एडुआर्डो क्यामाभिङ्गालाई मैदानमा उतारेको थियाे ।

 

यसअघि पहिलो हाफमै फ्रान्सले दुई खेलाडी परिवर्तन गरेको छ । डेम्बेले र जिराउड बाहिरिएका छन्। उनीहरुको स्थानमा थुराम र कोलो मुआनी आएका छन् । विश्वकपको फाइनलको पहिलो हाफमा कुनै टोलीले दुई खेलाडी परिवर्तन गरेको यो पहिलो पटक हो ।

खेलको ३६ औँ मिनेटमा डि मारियाले दोस्रो गोल गरेर गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । त्यस्तै खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लियोनल मेस्सीले खेलकाे २३ औँ मिनेटमा  गोल गर्न सफल भएका हुन् ।

 

 

विश्वकप २०२२ फाइनल खेलमा एन्जेल डि मारियाले अर्जेन्टिनाको लागि फ्रान्सको विरुद्धको विश्वकपको फाइनल खेलमा भिडन्त गरिरहेका छन् ।

दुबै टिमको लाइन अप रणनीति

अर्जेन्टिनाको कोच लियोनेल स्कालोनीले ४–३–३ को लाइन अप ढाँचालाई रोजेका थिए। समूह चरणमा नखेलेका डि मारियाले नेदरल्याण्ड्सविरुद्धको क्वार्टरफाइनलको जितमा आठ मिनेट मात्र खेलेका थिए । आजको खेलमा उनी खेल रणनीतिअनुसार आक्रमणको दायाँपट्टि छन् । त्यस्तै,  लियोनल मेस्सी विश्वकपको फाइनलमा सबैभन्दा बढी खेल्ने खेलाडी बन्ने भएका छन् ।

 

त्यसैगरी, फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले पनि ४–३–३ को लाइन अप ढाँचालाई रोजेका थिए। उनको यो सबैभन्दा  मनपर्ने लाइनअपमा भएको बताए । उनले आजको खेलमा सेन्टर ब्याक डेयोट उपमेकानो र एड्रियन राबियोटलाई खेलाए । दुबैजना  म्यानचेस्टर युनाइटेडका डिफेन्डर हुन् । मोरक्को विरुद्धको सेमिफाइनलपछि भाइरसको संक्रमणबाट उनीहरु खेलेका थिएनन् । त्यस्तै,  ओलिभियर गिराउडको बायाँ लाइनअपबाट केलियन एमबाप्पे र उसको दायाँतर्फ उस्माने डेम्बेले खेलेका छन् ।

 

अर्जेन्टिनाः मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, डेपल, फर्नांडीज, म्याकअलिस्टर, मारिया, मेस्सी र अल्भारेज  ।

फ्रांसः लोरिस, कुंद, वाराणे, उपमेकानो, हर्नांडेज़, ग्रीज़मैन, चौमेनी, रैबियोटस डेम्बेले, गिरौद र एमबीप्पे

 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्