साना तथा मझौला व्यवसायी महासंघले एकताको महाधिवेशन गर्ने

शनिबार, पुस २, २०७९

काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघले एकताको महाधिवेशन गर्ने भएको छ । साना तथा मझौला व्यवसायी महासंघका वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सह अध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररुपमा सञ्चालन भएको साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुह्यरत्न शाक्य भएको दुवै संस्थाको एकताको महाधिवेश गर्ने भएको हो । 

२०७९ साल मंसिर २९ गते बसेको संयुक्त बैठकले मंसिर १८ र २४ गतेको सहमती अनुसार एकताको महाधिवेशन गर्न निर्णय गरेको साना तथा मझौला व्यवसायी महासंघ सचिवालयले जनाएको छ । 


बैठकले एकताको महाधिवेशन गर्न दुबै महासंघ सम्मिलित उद्यमी दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।  उक्त तदर्थ समितिलाई आवश्यकता अनुसार समिति, उप समिति गठन गर्ने र संस्थाको गरिमा बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेगरी अख्तियारी दिएको छ । 


बैठकले देशभित्र कूल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशत भन्दा बढी योगदान दिने क्षेत्र साथै समग्र आर्थिक क्षेत्रलाई चलायमान गराउन प्रमुख भूमिका खेलेको साना तथा मझौला व्यवसायीको हक, हित, अधिकारका लागि महासंघका पदाधिकारी, सदस्यहरु बीचको आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरुपमा अघि बढाउने निर्णय समेत गरेको छ । 


एकताको महाधिवेशन गर्न महासंघ मातहतको जिल्ला, क्षेत्रीय वस्तुगत संघ समेतको इकाईको विधान सम्मत समितिको निर्वाचनवाट वा सहमतिमा   समितिको गठन गरी ६ महिना भित्र विधान सम्मत महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्