पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

शुक्रबार, पुस १, २०७९

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो ।

यस्तै एलपी ग्यास र हवाइ इन्धनको खुद्रा मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्