मंसिरमा राजधानीबाट ६० वटा लाइसेन्स निलम्बनका लागि यातायात विभागमा पठाइयो

शुक्रबार, पुस १, २०७९

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा मात्र राजधानीबाट ६० वटा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू नमानेका कारण निलम्बनका लागि पठाइएको हो । 

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट का अनुसार निलम्बनका लागि पठाईएका सबै भन्दा धेरै कारवाहीमा १ जना ४४ पटक, ३५ पटक कारवाही १ जना, २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना ,७ पटक परेका २ जना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र रहेका छन् । 

 

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको थियो । ट्राफिका नियम उल्लघंन गरीरहने चालकहरु बाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ ।

 

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यस अघि पनि पटक पटक कारवाहीमा परेको समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्