यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, पुस १, २०७९

काठमाडौँ । आज बजारमा सबैभन्दा बढी मूल्यको विनिमय कुवेदको दिनारको रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकको विदेशी मुद्राको विनिमयदरका अनुसार कुवेदी दिननार १ को खरिद मूल्य ४३०. ९९ पैसा र बिक्री मुल्य ४३२.९५ पैसा रहेको छ । 


दोस्रो धेरै मुल्यमा बहराइन दिनार रहेको छ । बहराइन दिनारको खरिद मुल्य ३५०.४६ पैसा र बिक्री मूल्य ३५२.०५ रहेको छ । 


बेलायती पाउण्ड एकको खरिद दर १६३.०१ पैसा र बिक्री दर १६३.७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६.०१ पैसा र बिक्री दर ३६.१७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ पैसा रहेको छ।  
  

डलरको खरिद दर १३२.२ पैसा र बिक्री दर १३२.७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४०.३२ पैसा र बिक्री दर १४०.९६ पैसा रहेको छ।    

 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्