अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ । अर्जेन्टिना कतारमा जारी २०२२ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै  अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । 


हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४-३ गोल अन्तरले पाखा लगाएको हो।


शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २-० को अवस्थामा पुर्‍याएका थिए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्