बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ— बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकले शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको सञ्चालक समितिका अध्यक्ष  प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको छ ।  साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले  नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । 

साथै, बिशेष प्रस्तावहरु अन्र्तगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १:१ मा रहि मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ । 

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्