राष्ट्र बैंकद्वारा सम्पत्ति शुद्धीकरण हेर्न छुट्टै महाशाखा स्थापना

शुक्रबार, मंसिर २३, २०७९


काठमाडौं– नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण हेर्ने छुट्टै महाशाखा स्थापना गरिने भएको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्न महाशाखा गठन गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले शंकास्पद वित्तिय कारोबारहरुको विशिष्टिकृत सुपरीवेक्षण गर्नेछ। राष्ट्र बैंकले कालोधन खोज्ने विशेष भूमिका खेल्ने योजनासहित छुट्टै महाशाखा खडा गरेको हो। 

राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंकभित्र छुट्टै विशिष्टिकृत सुरपरीवेक्षकीय संरचना स्थापना गर्न लागेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्