गार्मेन्ट एशोसिएसनका प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय टेक्सटाइल सोर्सिङ प्रदर्शनीमा सहभागी

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ– गार्मेन्ट एशोसिएसनका एक प्रतिनिधिमण्डल भारतको नयाँ दिल्लीमा आयोजित अन्तराष्ट्रिय टेक्सटाइल सोर्सिङ प्रदर्शनीमा सहभागी भएको छ ।

डिसेम्बर ८ देखि १० सम्म आयोजना हुने उक्त प्रदर्शनीमा गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको हो । 


वल्र्डेक्स इन्डिया एक्जिबिसन एण्ड प्रमोसन प्रालिले आयोजना गरेको गार्मेन्ट सोर्सिङ प्रदर्शनीमा  द्वितीय उपाध्यक्ष भूपेन्द्र के बस्नेत, महासचिव भीम के गिरी, सहसचिव बसन्त आर अधिकारी, कोषाध्यक्ष सञ्जय के अग्रवाल, कार्यसमिति सदस्य थोमनाथ बस्याल, सचिन्द्र प्रधानाङ,  सतीश गिरी, एनएस एक्सपोर्ट्स प्रालिका रोहित सेठी र शिव शक्ति गार्मेन्टस् प्रालिका शिव प्रसाद भट्ट सहभागी भएका हुन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्