सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुई थियो ।     

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला  ३० ले बढेर १ हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्