यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौँ । शुक्रबारका लागि डलरको खरिद दर १३१ रूपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ । 

बैंकले विदेशी मुद्राको विनिमय दर तोके अनुसार बजारमा कारोबार हुने गर्दछ । बैंकले युरो एकको खरिद दर १३८ रूपैयाँ ११ पैसा र बिक्री दर १३८ रूपैयाँ ७४ पैसा तोकेको छ ।     

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १० पैसा र बिक्री दर १६० रूपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०० पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्