अन्तर विद्यालय फुटसलको उपाधि मनास्लु वल्र्ड स्कुलले जित्यो

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– मनास्लु वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसलको उपाधि जितेको छ । मनास्लुले निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकले आयोजना गरेको अन्तर विद्यालय कप फुटसलको उपाधि जितेको हो ।


लुम्बिनी एकेडेमीलाई ६ गोलले पराजित गर्दै मनास्लुले उपाधि जितेको हो । उपाधिसँगै मनास्लुले ट्रफीसहित १० हजार नगद प्राप्त गरेको छ ।


यस्तै, उपविजेता बनेको लुम्बिनी एकेडेमीले ५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा २६ विद्यालयको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राखेप सदस्य सचिव टंकलाल घिसिङ्ले खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभई पाठ्यक्रममै समेटिनुपर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्