जितका लागि नेपालले स्कटल्यान्डलाई दियो १२० रनको लक्ष्य

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ–आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य पेस गरेको छ । नेपालले ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।


युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार