सन् २०२६ को विश्वकपमा ४८ टोली रहने !

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं–सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप फुटबलमा ४८ वटा टोली रहने भएको छ ।


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपमा हालसम्मकै विशाल टोली रहने जनाएको छ । यसको अर्थ कतारमा कमजोर भनिएका धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने मौका पाउनेछन् । 


फिफाले अझै धेरै राष्ट्रको सहभागिता सुनिश्चित गरेसँगै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन खोजेको छ । ‘यसको अर्थ हामी १६ वटा राम्रा टिमलाई विश्वकपमा देख्न पाउने छौं,’ फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर भन्छन् । उनी फिफाको ४८ मुलुकको विश्वकप अझै उत्साहजनक हुनेमा विश्वस्त छन् ।


सबै महाद्वीपले धेरै टिमलाई सहभागी गराउने मौका पाउने र फिफाका दुई सय ११ वटै सदस्य राष्ट्रहरूका टिम मात्रै सहभागी हुने होइन, धेरैले प्रत्यक्ष हेर्ने र यसबाट फुटबलको विकास हुने आसमा फिफाले यो निर्णय गरेको हो । ‘यदि राष्ट्रिय टिमले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिने मौका पाउँछ भने त्यो देशमा निश्चय नै फुटबलको विकास धेरै हुन्छ,’ वेङ्गरले भनेका छन् । जारी विश्वकप मध्यपूर्वमा पहिलो पटक आयोजना भइरहेको हो । त्यति मात्र होइन, फुटबलको सबैभन्दा प्रिय ठाउँ युरोप र दक्षिण अमेरिकाभन्दा धेरै टाढा हो ।


फिफाले सन् २०१७ मा ४८ टिम हुने निर्णय गरेपछि विश्वकपको वास्तविक ढाँचा कुन हो ? भनेर धेरै प्रश्न पनि उठेका थिए । फिफाले सुरुआतमा तीन टिम सम्मिलित १६ टिम बनाउने संकेत गरेको थिया े। जसको तीव्र आलोचनपछि फिफाले १२ समूह बनाएर प्रत्येक समूहमा चार टिम राख्ने सम्भावना छ । यद्यपि, वेङ्गरले भने यसबारे निर्णय भइनसकेको बताएका छन् ।


यद्यपि, विश्वकपको अन्तिम नतिजामा ४८ टिम नै सहभागी भएपनि खासै फरक हुनेमा विश्वस्त हुन सकिँदैन । अझै पनि दक्षिण अमेरिकी र युरोपेली मुलुकहरू नै ठूला माछा बनिरहेका छन् । हालसम्मका २१ वटा विश्वकप उपाधिमध्ये १२ वटा युरोपमा छन् । बाँकी ९ वटा दक्षिण अमेरिकामा छन् । विश्वकपको करिब १०० वर्षको इतिहासमा यी दुई महादेश बाहिरिका टिम फाइनलसम्म पनि पुगेका छैनन् । हालसम्मका ८४ मध्ये ८२ सेमिफाइनललिस्ट टिम पनि युरोपियन र दक्षिण अमेरिकी छन् । 
फिफाले बताएअनुसार सन् २०१८ विश्वकप संसारका आधाभन्दा धेरै जनसंख्या (३.५ बिलियन)ले हेरेका थिए । विश्व फुटबलको सर्वोच्च निकाय पिफाले कतारबाट पनि ७.५ बिलियन अमेरिकी डलर नाफा कमाउने निश्चित छ । सहभागी मुलुकको संख्या ३२ देखि ४८ पुगेसँगै विश्वकपले झन् धेरैसँग व्यापारको मौका पाउने छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्