नेपाल र स्कटल्याण्डबीचको खेल  हुँदै

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ। 

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ। सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्