प्रभु र सेन्चुरी बैंकको मर्जरसम्वन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, संयुक्त कारोबार पुस मसान्तबाट हुने

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ– प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ती(एक्विजिसन) गर्नेसम्वन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मंगलबार दुवै बैंकबीच सैद्धान्तिक सहमति भएर सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।  दुवै बैंकको एकीकृत कारोबार पुस मसान्तसम्म गर्ने तय भएको छ । उक्त सम्झौतपत्रमा प्रभु बैंकका तर्फबाट संयुक्त प्राप्ती समितिका संयोजक रमेश सिंह खड्का र सेन्चुरी बैंकका तर्फबाट संयुक्त प्राप्ती समितिका सदस्य मनबहादुर राइले हस्ताक्षर गरेका छन् । 

 

दुवै बैंकले आइतबार १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन्। प्रभु बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच हस्ताक्षर सम्पन्न भएको हो । सम्झौता अनुसार मर्जर पछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ भने ७ सदस्यीय संचालक समितिमा प्रभुका तर्फबाट ४ र सेन्चुरीबाट ३ जनाको प्रतिनिधित्व हुनेछ ।  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हालको प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले पाउने छन । बरिष्ठ नायब प्रमुख कार्यकारीको जिम्मेवारी भने हालको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई दिने सम्झौता भएको हो ।

 

हाल प्रभु बैंकको चुक्ता पुजी १२ अर्ब ७० करोड र सेन्चुरीको ९ अर्ब ५५ करोड छ । मर्जर प्रकृयाले पुर्णता पाएपछी प्रभु बैंकको चुक्ता पुजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ भने कुल पुजीकोष ३१ अर्ब ७१ करोड रुपैयाँ हाराहारी पुग्ने देखिएको छ । 

 

गत २०७९ भदौ १५ गतेको बसेको राष्ट्र बैंकका सञ्चालक समितिको बैठकले मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो ।  दुवै बैंकको गत वर्षको वित्तीय विवरण स्वीकृत भइसकेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेसँगै प्रभुु र सेन्चुुरीले गत वर्षको नाफाबाट लाभांश पनि घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्