यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ–सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।


६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो । जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।


यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार