१ हजार खेल खेलेका मेस्सीले कति गोल गरेका छन् ?

आइतबार, मंसिर १८, २०७९

काठमाडौँ – शनिवार कतारमा जारी विश्वकप फुटबलको खेल खेलेपछि अर्जेन्टिनाका खेलाडी मेस्सीले १ हजार खेल खेले । उनले अहिलेसम्म अर्जेन्टिना र दुई वटा क्लबबाट खेल खेलेका छन् । उनले पिएसजीमा र बार्सिलोनाको तर्फबाट खेलहरू खेलेका छन् । 

 

मेस्सीले बार्सिलोनाका लागि ७ सय ७८ खेल खेलेका छन् । ७ सय ७८ खेल खेल्दा उनले ६ सय ७२ गोल गरेका छन् । भने पिएसजीका लागि ५३ खेल खेलेका छन् । उनले पिएसजीका लागि खेलेका ५३ खेलमा २३  गोलको स्कोर बनाएका छन् । 

 

यस्तै अर्जेन्टिनाको राष्ट्रिय टीमका लागि उनले १ सय ६९ खेल खेलेका छन् । उनले राष्ट्रिय टीमबाट खेलेका खेलमा ९४ गोलको स्कोर बनाएका छन् । शनिवार भएको खेलपछि उनका नाममा १ हजार खेल र ७ सय ८९ गोलको स्कोर कायम भएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्