टस हारेर नामिबियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ–आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नामिबिया पुगेको नेपालले घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।
युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् ।


नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्