जुनियर गर्ल्स फाइभ ए साइड अन्तर विद्यालय फुटसल प्रतियोगिता आजदेखि

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ – सनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रवार आज हुने भएको छ ।

 

प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाए । सहभागी टिमबिच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।

 

आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस पटकदेखि गर्ल्स फुटसललाई निरन्तरता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ । एक दिने प्रतियोगिताका खेल खहरेस्थित पाणिनी फुटसलमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०१:१४
प्रतिक्रिया दिनुहोस्