भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेल रद्द

बुधबार, मंसिर १४, २०७९


काठमाडौँ— भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ ।

अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन ।

पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकेको थियो। वर्षाका कारण दुई खेल रद्द भएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्