विश्वकप २०२२ : २० वर्षपछि सेनेगल नकआउट चरणमा

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ - सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ । सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भएको छ।

तर, दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्रशिक्षकको भूमिकामा छन् । सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे ।

सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए ।

उनकै प्रशिक्षणमा सेनेगलले गत वर्ष अफ्रिकन कप अफ नेसन्सको उपाधि समेत जितेको थियो । यस पटक सेनेगलका कप्तान तथा स्टार फरवार्ड साडियो माने विश्वकपको मुखैमा आएर घाइते हुँदा सेनेगललाई सुरुमै झड्का लागेको छ।

पहिलो खेलमै सेनेगल नेदरल्याण्ड्ससँग पराजित भएका सनेगलको सिसेको टिमले त्यसपछि कमब्याक गर्‍यो । दोस्रो खेलमा कतारलाई ३–१ ले र तेस्रो तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले हरायो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ००:४३
प्रतिक्रिया दिनुहोस्