विश्वकपमा आज : ४ खेलमा यी ८ टिमले गर्ने छ प्रतिस्पर्धा

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ - विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार)  ४ खेल हुनेछ । समूह ‘ए’ र समूह ‘बी’को २–२ खेलहरू हुनेछन्।

आज इक्वेडर र सेनेगलले पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आज जित निकाल्दै सेनेगल अन्तिम १६ मा पुग्ने योजनामा छ । इक्वेडर भने बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्नेछ।

अर्को खेलमा आयोजक टिम कतार र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् । नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ। कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ।

जित निकाल्दै पर्ने दबाबमा रहेको अमेरिकाले आज हुने अन्तिम इरानसँग खेल्दैछ। इरान पनि जित निकाल्दै अघिल्लो चरणका लागि आफूलाई बलियो बनाउने योजनामा छ।

अर्को खेलमा इङ्ल्यान्डले वेल्ससँग खेल्नेछ। आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छन्। इङ्ल्यान्डलाई बराबरीको नतिजाले पुग्नेछ भने वेल्सलाई भने जित नै आवश्यक छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्