आईटिएफ जुनियर–५ टेनिस शुरु

सोमबार, मंसिर १२, २०७९

पोखरा–अन्तराष्ट्रिय टेनिस फेडेरेसन(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा शुरु भएको छ । जुनियर–५ अन्तर्गत १८ वर्षमुनिका विभिन्न ९ देशका टेनिस खेलाडीहरु पोखरामा ¥याङकिङ खेल्न आईपुगेका हुन् ।  


नेपाल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा सोमबारदेखि शुरुभएको सर्किट–१ र सर्किट–२ को प्रतिस्पर्धामा ९८ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको कास्की जिल्ला टेनिस संघले जनाएको छ ।


दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका महिला तथा पुरुषका एकल र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा भारतका बंश नन्दालले नेपालका सक्षम विक्रम शाहलाई ६–१,६–२ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा नेपालका राजबीर प्रधानले भारतका विभु चलाङगुन्डलालाई ७–५ र ६–१ को सेटमा पराजित गरे ।


पहिलो दिनका अन्य खेलहरुमा भारतका सिद्धान्त सर्माले कोरियाका जिवान पार्कलाई, रसियाका फेडोर सोसेड्कीनले भारतका देवर्शी सेनलाई, नेपालका आर्यन गिरीले भारतका धनुष बर्मालाई, भारतका श्रीनिधि बालाजीले अमेरिकाका समिक्षा अनिमलाई, नेपालका रायन शाहले भारतका दिभिजा मनेनीलाई, श्रीलंकाका भिष्मी ओनेथ्रा शेरासिंगेले भारतका ऋदेशी पाइलाई पराजित गरेका छन् ।  

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्