कास्की ३ मा एमालेका पाैडेल विजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ — कास्की–३ मा एमालेका दमोदर पौडेल विजयी भएका छन् । उनले २२ हजार ९ सय ८० मत ल्याएर  विजयी भएका हुन् ।


उनले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४ सय ४५ मतान्तरले पराजित गरेका छन्।  बरालले १७ हजार ५ सय ३५ मत ल्याएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्