भारी मतान्तरसहित रूकुम पश्चिमबाट शर्मा विजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ — रूकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले २६ हजार ५ सय ८८ मतान्तरसहित चुनाव जितेका हुन् ।

 

शर्माले ३९ हजार ५ सय ४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्