कांग्रेसका दुई महामन्त्री जित्दा, कम्युनिष्टका दुवै महासचिव पराजित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ । राजनीति पार्टीहरुको सबैभन्दा कार्यकारी पद भनेको अध्यक्ष वा सभापति हो । कांग्रेसले पार्टी प्रमुखलाई सभापति भन्छ भने कम्युनिष्टहरुले अध्यक्ष छन् । तर, महासचिवलाई पनि कम्युनिष्टले कार्यकारी मान्ने गर्दछन्।

नेपालका ठुला कम्युनिष्टहरुले अध्यक्षलाई आफ्नो पार्टीको कार्यकारी मान्ने गर्दछन् । अध्यक्ष वा सभापति पछिको पार्टीको दोस्रो कार्यकारी पद भनेको महासचिव वा महामन्त्री हो । यो पद अध्यक्ष वा सभापति पछिको सबैभन्दा मुख्य पद हो । संगठनको मुख्य काम महासचिव वा महामन्त्री सञ्चालन गर्ने गर्दछ । 

पार्टी संगठन सञ्चालन आफ्नो हातमा लिएका पार्टीका यी मुख्य व्यक्तिहरु कोही निर्वाचनमा पराजित भए कोही विजयी । खास गरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले पार्टीको महामन्त्री जितेसँगै संसदीय निर्वाचन पनि जिते । उनले यसभन्दा अगाडी २ पटक हारेका निर्वाचन यो पटक महामन्त्री भएसँगै जिते । कांग्रेसका अर्को महामन्त्री गगन थापा पहिलेदेखि नै निर्वाचन जित्दै आएका छन् । तर, कम्युनिष्टका २ महासचिव भने अगाडि जितको संसदीय निर्वाचन पार्टीको महासचिव भएपछि पराजित भए । 

काग्रेसको २ महामन्त्रीलाई पदको फलिफाप भइरहेको बेला नेपालका दुई ठुला कम्युनिष्ट पार्टीका महासचिव भने पराजित बने । 
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भए। 

पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर-२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गर्दा माओवादीका गुरुङलाई एमालेका पृथ्वी सुव्वा गुरुङले पराजित गरे। 

रोचक त के छ भने एमालेका पोखरेललाई माओवादी उम्मेदवारले हराउँदा देव गुरुङलाई एमालेका पृथ्वीले हराएका हुन्। दाङ–२ बाट हार्ने एमालेका पोखरेल पूर्वमुख्यमन्त्री हुन् लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउने एमालेको पूर्वमुख्यमन्त्री हुन्। 

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । पृथ्वीले ३४ हजार ९ सय ६९ मत पाउँदा प्रतिद्वन्द्वी देवले ३१ हजार ७ सय ८१ मत पाए।

०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी पृथ्वीले त्यसबेला देवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न सहयोग गरेका थिए। पोखरेललाई माओवादी नेतृ शर्माले झिनो मतान्तरले हराएकी हुन् । २०७४ एमाले माओवादी गठबन्धन भएसँगै दाङको प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्