रोल्पामा माओवादीका बागी पुन विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्