ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

ओलखढुंगा–ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्