बर्दिया–१ मा कांग्रेसका संजयकुमार गौतमको अग्रता

बुधबार, मंसिर ७, २०७९

प्रतिनिधि सभा सदस्य बर्दिया–१ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजय कुमार गौतमले अग्रता लिएका छन् । 
लामो समयसम्म अग्रस्थानमा रहेका नागरिक उन्मुक्ती पार्टीका ठाकुरसिंह थारुलाई पछि पार्दै गौतमले अग्रता लिएका हुन् । 
बारबर्दिया, बाँसगढी नगरपालिका र बढैया तालको केही केन्द्रको गरिएको कुल ५३ हजार ७११ मत गणना अनुसार गौतम १ हजार ३८० मतले अघि छन् । गौतमले १५ हजार ५६८ र थारुले १४ हजार १८८ मत प्राप्त गरेका छन् । 
नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीको मत १३ हजार ३१६ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ६ हजार १२३ मत प्राप्त गरेका छन् । हाल सम्म २ हजार ७४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्