प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्रले पनि कटायो १ लाख मत

बुधबार, मंसिर ७, २०७९

काठमाडौं–माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख मत कटाएको छ । 
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको छ । 
प्रत्यक्ष तर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखे पनि माओवादी केन्द्रले अहिलेसम्म एक सीट पनि जित्न सकेको छैन । 
पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जीत दर्ता गरेको छ भने समानुपातिकमा पनि माओवादीले भन्दा धेरै मत प्राप्त गरेको छ । समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ । दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।

समानुपातिकमा कसले कति मत ल्याए?
एमाले २४१५९४


नेपाली काँग्रेस २१८७०७


राष्ट्रिय स्वतन्त्र पार्टी १११३९४


माओवादी केन्द्र १००३६४


राष्ट्रिय प्रजातन्त्र पार्टी ५७२३६


जनता समाजवादी पार्टी, नेपाल १८७४७


जनमत पार्टी १७५६३


नेपाल मजदुर किसान पार्टी १६४७७


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १३२२४


नागरिक उन्मुक्ति पार्टी ११७३४


अन्य ५०००२

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्