लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा

बुधबार, मंसिर ७, २०७९

लमजुङ—प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रमा देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

५३ हजार पाँच सय १२ मतगणना गर्दा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अगाडि छन् । उनी तीन सय ८ मतले अगाडि छन् । गुरुङले हालसम्म २२ हजार चार सय ३८ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका महासचिव गुरुङले २२ हजार एक सय ३० मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले पाँच हजार ७ सय ४८, मङ्गोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले तीन सय ९९, राप्रपाका बालचन्द्र श्रेष्ठले आठ सय ६९ मत पाएका छन् । 

जसपाका नरेन्द्रबहादुर गुरुङले १ सय १२, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजंग गुरुङ ४८, नेपाली कांग्रेस विपीका लक्ष्मीकान्त पौडेलले ४१, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले १८, राप्रपा नेपालका टकबहादुर गुरुङले २६ र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले १८ मत पाएका छन् । 

यस्तै प्रदेश सभा ‘१’ मा नेपाली कांग्रेसका टकराज गुरुङ अगाडि छन् । २३ हजार ६ सय ४८ मतगणना गर्दा ४ हजार ५२ मतले नेपाली कांग्रेसका गुरुङ अगाडि छन्। उनले १२ हजार ९९३ मत  पाउनुभएको छ । नेकपा एमालेका जमिन्द्रमान घलेले ८ हजार ९ सय ४१ मत पाएका छन्। 

प्रदेश सभा ‘२’ मा २९ हजार ८ सय ५७ मतगणना गर्दा नेकपा एमालेका कृष्णप्रसाद अधिकारी ९ सय ३६ मतले अगाडि छन् । अधिकारीले १३ हजार ९ सय ५१ मत पाएका छन् । नेपाली कांग्रेसका भेषबहादुर पौडेलले १३ हजार १५ मत पाएका छन्। राप्रपाका ततबहादुर गुरुङले १ हजार ६ सय ६२ मत पाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्