एक हजार बढी मतान्तरले सिन्धुपाल्चोक -१ ‘क' मा मसिना विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ— प्रदेशसभा सदस्यतर्फ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ ‘क’ बाट नेपाली कांग्रेसकी उमेदवार मसिना खड्का निर्वाचित भएकी छन् ।

खड्का एक हजार १६२ मतान्तरसहित वाग्मती प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । उनले १४ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन आयोग जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उमेदवार युद्धविक्रम तामाङले १३ हजार ४९० मत पाएका छन् । त्यहाँ ३३ हजार ८४५ मत खसेको थियो । त्यसमध्ये ३२ हजार २६३ सदर भएको थियो । एक हजार ५८२ मत बदर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्