दाङ–३ मा दीपकलाई पछ्याउँदै कोमल

बुधबार, मंसिर ७, २०७९

काठमाडौ । दाङ ३ प्रतिनिधिसभामा नेपाली कांग्रेसको उम्मेदवारको अग्रता कायमै रहेको छ । २० हजार ४८७ गणना हुँदा कांग्रेसको उम्मेदवार दीपक गिरी ८ हजार ४३५  मत पाएका छन् । 

एमालेकी कोमल ओलीले ६ हजार ६५६ मतका साथ पछ्याइरहेकी छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीवाल उम्मेदवार कमल सुवेदीले ३०३१ मत पाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्