फिफा विश्वकपमा आज पनि चार खेल

शुक्रबार, मंसिर ९, २०७९

दोहा— कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियाले  मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुईबीचको खेल नेपाली सययअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को अल बायत स्टेडियममा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।  

समूह ‘एफ’ अन्तर्गतकै अर्को खेलमा उपाधि दाबेदार बेल्जियमले क्यानडाको सामना गर्नेछ  । यो खेल राति १२:४५ बजे सुरु हुनेछ । दुवै टोली अहमद बिन अली (अल रायन) स्टेडियममा जित हात पार्दै विश्वकपमा विजयी सुरुवात गर्ने सोचमा छन् ।

साँझ ६:४५ मा समूह ‘ई’ अन्तर्गत हुने खेलमा उपाधि दाबेदार जर्मनीले जापानको सामना गर्द‌ैछ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने सोचमा छन् । 

राति ९:४५ बजे हुने समूह ‘इ’ कै अर्को खेलमा स्पेन र कोस्टारिका आमने सामने हुँदैछन् । दुवै टोली अल थुमामा स्टेडियममा जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४७
प्रतिक्रिया दिनुहोस्