काठमाडौँ-८ बाट विराजभक्त श्रेष्ठ विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले १० हजार १०५ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन्। एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन्।

विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए ।

त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ‘ख’ तर्फ रामप्रपाका उद्धब थापा विजयी भएका छन्। उनले ३ हजार ३४९ मत पाएका भने उनका निकतम प्रतिद्वन्द्वी एमालेका उम्मदवारले ४ हजार ८७७ मत पाएका छन्। कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्