बागलुङ–१ (२) बाट प्रदेशसभामा कांग्रेसका डिल्लीराम सुवेदी बिजयी

शुक्रबार, मंसिर ९, २०७९

बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पछि पार्दै सुवेदी विजयी भएका हुन ।

सुवेदीले १४ हजार ६१० मत प्राप्त गर्दा एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले २५७ मत प्राप्त गरेका छन् ।

४६ हजार १०६ कुल मतदाता रहेको यस क्षेत्रमा २२ हजार ३९ मत खसेको थियो । ५७५ मत बदर भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्