डेनमार्क र ट्युनिसियाको बराबरी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं— कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र  ट्युनिसियाले बराबरी खेल्दै अंक बाडेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण पहिलो खेलमा दुबै टोलीले अंक बाड्नु परेको हो ।

यस बराबरीसँगै समूह 'डी' को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको डेनमार्कले पनि १ अंक जोडेको छ ।

डेनमार्क र ट्युनिसिया पहिलो पटक प्रतिस्पर्धा भएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्