सोलुखुम्बुमा एमालेको शुरुवाती अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सोलुखुम्बुमा नेकपा एमालेले अग्रता लिएको छ । मंगलवार साँझबाट शुरु गरिएको मत गणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । 

प्रतिनिधि सभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा एमालेका उम्मेदवार मानवीर राईले अग्रता कायम गरेका छन् । १ हजार ६६४ मत गनिसक्दा  हालसम्म राई र केसीबीच मतान्तर २८० छ ।

दुवै प्रदेश सभातर्फ पनि एमालेकै उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । प्रदेश सभा १ ९१० मा एमालेका उत्तमकुमार बस्नेत र १९२० मा एमालेकै बुद्धिकुमार राजभण्डारीले अग्रता लिइरहेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट  प्रदेश सभा १ ९१० मा माओवादी केन्द्रका गोम्बु शेर्पा र १९२० मा शिवबहादुर बस्नेत उम्मेदवार छन् । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०३
प्रतिक्रिया दिनुहोस्