रुपन्देही–२ मा विष्णु पौडेलको अग्रता कायमै

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् ।

 

१५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत पाएका छन् ।

 

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९६० मत पाउँदै तेस्रो स्थानमा छन् । १ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो । यो क्षेत्रमा विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जितेका थिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्