बर्दियामा गठबन्धन कमजोर

शुक्रबार, मंसिर ९, २०७९

बर्दिया–बर्दियाको दुवै निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारको नतिजा कमजोर देखिएको छ । निर्वाचन क्षेत्र नंम्बर १ मा १ हजार ७९ मतले र निर्वाचन क्षेत्र नंम्बर २ मा ७ हजार २ मतले प्रतिनिधिसभा सदस्य गठबन्धनका उम्मेदवार पछि रहेका छन् ।  
मंगलबार दिउँसो ३ बजेसम्मको मत परिणामले गठबन्धनका साझा उम्मेदवार कमजोर देखिएका छन् । निर्वाचन क्षेत्र नंम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारुले ८ हजार ४ सय २४, नेपाली काँग्रेसका संजय कुमार गौतमले ७ हजार ३ सय ४५ र नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ५ हजार ८ सय ५ मत हालसम्म पाएका छन् ।  
त्यसैगरी बर्दिया क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरीले २० हजार ६ सय ६४, माओवादी केन्द्रका उम्मेवार सुरेश पन्थले १३ हजार ६ सय ६२ र नेकपा एमालेका पंकजसिंह राठौरले ८ हजार २ सय ६ मतपाएका छन् । दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५५
प्रतिक्रिया दिनुहोस्