राैतहटमा नेकपा एसका नेपालकाे अग्रता कायम

बुधबार, मंसिर ७, २०७९

 

काठमाडौँ – रौतहट १ मा नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालले अग्रता कायम राखेका छन् । उनले ८ हजार ७ सय ४२ मतसहित अग्रता कायम राखेका हुन् । 

 

उनलाई नेकपा एमालेका अजय गुप्ताले पछ्याइरहेका छन् । गुप्ताले अहिलेसम्म ८ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्