ललितपुर–१ मा राणालाई पच्छयाउँदै सिलवाल

शुक्रबार, मंसिर ९, २०७९

प्रतिनिधिसभा सदस्यतर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना जारी छ ।
हालसम्म ३१ हजार १३४ मतगणना गरिएको छ । नेपाली कांग्रेसका उमेदवार उदयशमशेर राणाको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणामानुसार राणाले १३ हजार ६८३ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार नवराज सिलवालले १२ हजार ९७९ मत ल्याएका छन् ।
अहिलेसम्म यहाँ एक हजार ४९ मत बदर भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्