धनुषा–३ : एमालेकी जुली महतो अगाडि

बिहीबार, मंसिर ८, २०७९

जनकपुरधाम–धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ नेकपा एमालेकी जुलि कुमारी महतोले अघि छिन् । ९ हजार ७३९ मत गणना हुँदा उनले ४ हजार २२६ मत ल्याएर अग्रस्थानमा छिने भने उनलाई लोकतान्त्रिक समाजवादीका अनिल कुमार झाले ३ हजार २२० मत ल्याएर पछ्याउँदै छन् ।
जनमत पार्टीका शम्भु नाथ साह १ हजार ३२० मत ल्याएर तेस्रो स्थानमा छन् ।
९ हजार ७३९ मतमा ५३१ मत बदर भएको धनुषाका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यस क्षेत्रमा १ लाख १४ हजार ७ मतदाता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:४८
प्रतिक्रिया दिनुहोस्